शिक्षक आन्दोलनको एजेन्डा सरकार परिवर्तनका लागि हो कि- उपमहासचिव ज्ञवाली
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले शिक्षक आन्दोलनको मुख्य एजेन्डा सरकार परिवर्तनका लागि हो कि भन्ने लाग्न थालेको टिप्पणी गरेका छन् ।
उनले शिक्षक आन्दोलन जटिल र विचलित हुन थालेको औँल्याएका छन् । ‘शिक्षक आन्दोलन क्रमशः जटिल र कतिपय सन्दर्भमा विचलित हुन थालेको देखिँदै छ । सडकमा लागेका कतिपय नारा, अभिव्यक्ति र शैली शैक्षिक कम, राजनीतिक बढी देखिनरसुनिन थालेका छन् । कतिपय शिक्षक साथीहरूका लागि विद्यालय शिक्षा विधेयक या आफ्ना पेसागत माग होइन, शिक्षामन्त्रीको राजीनामा या सरकार परिवर्तन मुख्य एजेन्डा लाग्न थालेको छ,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ।
उपमहासचिव ज्ञवालीले संविधान बनेपछि माओवादी नेताहरूले नै धेरै शिक्षा मन्त्रालय सम्हालेको स्मरण गराएका छन् । ऐन आजको आजै चाहियो भन्दा नबन्ने जोखिम हुने उपमहासचिव ज्ञवालीको तर्क छ । ‘विधेयकलाई अन्तिम रूप दिन सांसदहरू रातदिन लागिरहेकै देखिनुहुन्छ । तर आजै चाहियो कि भोलि चाहियो जस्तो हठले उपयुक्त कानुन नबन्ने जोखिम पनि उत्तिकै छ,’ उनले भनेका छन् ।
आन्दोलनको स्वरूप बदल्न उनले शिक्षकहरूसँग आग्रह समेत गरेका छन् ।