क्यानडाको आम चुनावमा मार्क कार्नीको लिबरल पार्टीको जित
काठमाडौँ । क्यानडाको आम चुनावमा मार्क कार्नीको लिबरल पार्टीले जित हासिल गरेको छ ।
यो जितपछि कार्नीले भने- ‘राष्ट्रपति ट्रम्पले हामीलाई तोड्न खोजिरहेका छन् ताकि अमेरिका हामीमाथि प्रभुत्व जमाउन सकोस्, त्यो कहिल्यै हुनेछैन ।’ उनले भने, ‘अमेरिकासँगको हाम्रो पुरानो सम्बन्ध अब समाप्त भएको छ । हामीले अमेरिकी विश्वासघातको आघात पार गरिसकेका छौं, हामीले एकअर्काको ख्याल राख्नुपर्छ ।’ ट्रम्पले क्यानडालाई व्यापार युद्धको धम्की निरन्तर दिइरहेका छन् र क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाउने कुरा पनि गरेका छन् ।
सोमबार भएको मतदानपछि जारी मतगणनामा कार्नी नेतृत्वको लिबरल पार्टीले १६७ स्थानमा अग्रता हासिल गरेको छ भने कन्जरभेटिभ पार्टीले १४५ सिटमा अग्रता हासिल गरेको छ ।