ट्रम्पले दिए कार्नीलाई बधाई
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई आम चुनावमा विजय हासिल गरेकोमा बधाई दिएका छन् ।
प्रधानमन्त्री कार्नीले ट्रम्पले आफुलाई बधाई दिएको जानकारी दिएका हुन् । कुराकानीका क्रममा दुवै नेताहरू निकट भविष्यमा भेट्न सहमत भएको बताइएको छ । दुई नेताहरूले क्यानडा र संयुक्त राज्य अमेरिकाले आफ्नो पारस्परिक हितका लागि स्वतन्त्र, सार्वभौम राष्ट्रहरूको रूपमा मिलेर काम गर्नेमा सहमति जनाएको मिडिया रिपोर्टमा उल्लेख छ ।
क्यानडामा सोमबार आम चुनावको लागि मतदान भएको थियो । यस चुनावमा कार्नीको नेतृत्वमा क्यानडाको लिबरल पार्टीले जित हासिल गरेको छ ।