नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज (विहिबार) एकैदिन तोलामा ४६ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला एकलाख ८८ हजार १०० रुपैयाँ कारोबार भएको थियो ।

आज चाँदी ५० रुपैयाँ घटेर एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी एक हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *