एनएमबि बैंकको बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न
काठमाण्डौं । एनएमबि बैंकले गट्ठाघर शाखाबाट शुरु भई शंखधरपार्क, बालकुमारी मन्दिर, पाटी बिहार, नगदेशहुँदै बोडेको महालक्ष्मी मन्दिरसम्म पुगि समापन हुने बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त गरिमामय समारोहको आयोजना गरिएको बैंकले जनाएको छ । एनएमबि बैंक लिमिटेडले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा बैंकका कर्मचारी, मध्यपुर थिमि नगरपालिकाका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्यहरु तथा सर्वसाधारणहरु गरी लगभग ७ सयजनाको सहभागितामा सो कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रमको प्रमुख अतिथिका रुपमा मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ उपस्थिति रहेका थिए ।
कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा तथा वातावरण संरक्षणको लागि नेपाल हेरिटेज सोसाईटीलाइ ५ लाखको सहयोगका साथैे मध्यपुर थिमि नगरपालिकाकालाई डस्टविनहरु समेत हस्तान्तरण गरिएको छ । सोही प्रकारको कार्यक्रम सातै प्रदेशमा समेत गरीएको छ । बैंकले कोशी प्रदेशमा पूर्व बस स्ट्यान्डदेखि पाउँ पाथिभरा मन्दिर झापा सम्म, मधेष प्रदेशमा बिरगंज शाखा देखि सन्कराचार्य गेटसम्म, चितवनमा लायन्स चोकदेखि हरिहर मन्दिरसम्म, गण्डकी प्रदेशमा लेकसाइड शाखादेखि राम मन्दिर बिरौटासम्म, लुम्बिनी प्रदे्रशमा भल्वारी शाखादेखि मोक्षधाम सेवा आश्रम सम्म, कर्णाली प्रदे्रशमा बिरेन्द्रनगर शाखादेखि काक्रेबिहार मन्दिरसम्म र सुदूर पश्चिम प्रदेशमा ग्रीन गोदावरि रिसोर्टदेखि गोदावरी शिव मन्दिरसम्म हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले हाल देशभरी २०२ शाखाहरु, १८६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।