रिलायबल नेपाल लाइफ थानकोट शाखाद्वारा १० लाख रुपैयाको बीमा दावी भुक्तानी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी थानकोट शाखाले मृत्यु दाबी रकम रु १० लाख १४ हजार भुक्तानी गरेको छ । चन्द्रागिरि –०५ ,दुरसञ्चार किसिपिडि निवासि स्वर्गीय मोहन साउकोटा सुनारको परिवारलार्इ एक कार्यक्रम गरि मृत्यु दाबि रकम भुक्तानी गरेको छ। स्वर्गीय सुनारले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स थानकोट शाखाबाट ९ महिना अगाडि रिलायबल समुन्नति जिवन बीमा योजना थानकोट शाखाकि अभिकर्ता सलिना बि. क मार्फत खरिद गरेका थिए। उनले पहिलो किस्ता बापत रु १ लाख बीमा शुल्क कम्पनीमा बुझाएका थिए। तामा पित्तलको भाडा निर्माण गर्ने कार्य गर्ने सुनारलार्इ काम गर्दा गर्दै स्वास्थ्यमा समस्या आर्इ उपचार गर्ने क्रममा उहाको निधन भएको थियो। कार्यक्रममा चन्द्रागिरि वाड न ५ का वडा अध्यक्ष राजेन्द्र महर्जन , कम्पनीका चिफ मेनेजर युवराज शर्मा , काठमाडौका रिजनल मेनेजर याम पोखरेल ,थानकोट शाखा प्रमुख अर्जुन खनाल , चन्द्रागिरि नगरपालिका न्यायिक समितिकि मेलमिलापकर्ता तथा एमडिआरटि सुमित्रा महर्जन लागायत करोडपति एजेन्सी मेनेजर शर्मिला बेल्बासे,अन्य अभिकर्ताहरु स्थानिय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।
आय आर्जन गर्ने परिवारको मुख्य ब्यक्तिको निधनले ठुलो चोट, पिडामा रहेको आफ्नो परिवारलाई दावी रकम भुक्तानी गरि घाउँमा मलम लाउने काम गरेकोमा रिलायवल नेपाल लाइफ इन्स्योरेन्सलाई सुनारका छोरा मनिष साउकोटाले धन्यवाद दिएका छन । जिवन बीमाको महत्व को बारेमा कम्पनिको चिफ मेनेजर युवराज शर्मा र रिजनल मेनेजर याम पोखरेलले उपस्थित महानुभावहरु मा प्रकाश पार्नु भएको थियो। भविष्यमा केही अप्रत्यासित घटना घटेमा त्यसबाट हुने आर्थिक क्षतिबाट बच्ने एक मात्र माध्यम र आर्थिक क्षति तथा जिवन को जोखिम हस्तान्तरण को एकमात्र माध्यम बीमा रहेको बताउँदै उपस्थित सम्पुर्णलार्इ जीवन बीमा गरि सुरक्षित रहनु हुन कम्पनिका चिफ मेनेजर युवराज शर्मा,वडा अध्यक्ष राजेन्द्र महर्जन, रिजनल मेनेजर याम पोखरेल र शाखा प्रमुख अर्जुन खनालले अनुरोध गर्नु भएको थियो। उक्त कार्यक्रम थानकोट शाखाकि करोडपति एजेन्सि मेनेजर शर्मिला बेल्बासेले सन्चालन गर्नु भएको थियो।