आइतबार नेपाली बजारमा सुनको मूल्य बढ्यो

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६ सयले बढेर एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको एक लाख ८३ हजार ५ सयमा कारोबार भएको थियो ।

आज चाँदी भने तोलामा २० रुपैयाँले घटेर १९१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *