त्रिशक्ति सेक्युरिटिजको छैटौं शाखा बनेपामा

काभ्रे । त्रिशक्ति सेक्युरिटिज लिमिटेडले छैटौ शाखा बनेपामा शुरु गरेको छ । शेयर सम्वन्धी कारोवार गर्ने उदेश्यले उक्त कम्पनीको शाखा विस्तार गरिएको हो । शाखाको एक कार्यक्रमका बीच बनेपामा उद्घाटन गरिएको छ । संस्थापक अध्यक्ष टंकप्रसाद गौतमले शेयर बजारका तमाम विषयबस्तुमा जानकारी दिन तथा शेयर कारोवारमा भईरहेका विविध विषयलाई जानकारी गराउँदै लगानीकर्ताहरुको लगानीलाई सुनिश्चित र मजबुत बनाउन शाखा कार्यालयले शुभारम्भले थप सहयोग पुग्ने बताए । २०६४ सालमा दर्ता भएको उक्त कम्पनीले सेवा प्रारम्भ गरेको १४ वर्ष भएको छ । शेयर सम्वन्धी कारोवार तथा डिजिटल साक्षरता लगायतका विषयमा आवश्यक जानकारी गराउँदै लगानीकर्ताहरुको थप विश्वास आर्जन गर्न सहज बनाउने उनले बताए । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईले कार्यालयको शुभारम्भ गरेका थिए ।

त्रिशक्ति सेक्युरिटीज लिमिटेडको स्टक ब्रोकर नम्वर ४८ हो । यस अघि त्रिशक्ति सेक्युरिटिज लिमिटेडले ललितपुर महानगरपालिका–५ स्थित जावलाखेलमा ५ औं शाखा स्थापना गरेको थियो । नेपालमा पूँजीबजारको धेरै सम्भाव्यता रहेको र क्रमशः धेरै कुराको विकास भइरहेको शाखा उद्घाटनका क्रममा सहभागिहरुले बताएका थिए । कार्यक्रमको अध्यक्षता कम्पनीका संस्थापक अध्यक्ष टंकप्रसाद गौतमले गरेका थिए । कम्पनीले पुतलीसडक केन्द्रीय कार्यालयका अतिरिक्त पोखरा, महेन्द्रनगर, हेटौंडाबाट डिम्याट, टीएमएस लगायतमा सेयर कारोबार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *