मिडियाले प्रयोग गर्ने भाषाप्रति प्रधानमन्त्रीको असन्तुष्टि
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियाले प्रयोग गर्ने भाषाप्रति असन्तुष्टि जनाएका छन्।
गोरखापत्र दैनिकको १२५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजतन्त्र फालेपछि जनताको छोराछोरी किन मान्ने ? भन्ने मिडियाले भाषाको कद घटाएको बताए । १०४ वर्षको उथलपुथल, राजा र राणाको पारिवारिक द्वन्द्व स्वार्थलाई देखेको गोरखापत्रले आजको परिवर्तनलाई अंगिकार गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘अहिले पनि हाम्रो भाषिक आन्दोलनलाई बचाउने कुरामा गोरखापत्र अगाडि छ । मैले राम्रोसँग याद गरेको छैन, राष्ट्रपतिले भन्नुभयो भन्छ कि भने भन्छ । नातिसँग कुरा गरेर राष्ट्रपतिले उद्घाटन गरे, यो नेपाली भाषा होइन । राजा हुँदा हेर्दैनथे राजा नजर गर्थे, हाम्रै पत्रपत्रिकामा हेर्नुपर्छ, राजा हुँदा हिँड्दैनथे, सवारी हुन्थ्यो । खाँदैनथे ज्यूनार हुन्थ्यो। बस्दैथे, आराम गर्थे। सुन्दैनथे श्रमण हुन्थ्यो। राजतन्त्र फाल्यौँ भनेपछि जनताको छोराछोरी किन मान्ने ? यिनलाई सम्मान किन गर्ने ?
यु, यु भनेपछि हजुरबुबा पनि भयो नाति पनि भयो। त्यो पो नक्कल गर्नुपर्छ हाम्रोमा भनेर। जो भाषामा गरिब छ त्यसले हाम्रो भाषामा उँचाइ छुन सकेन भनेर हामीले कद घटाउने ?’ प्रधानमन्त्रीले भने ।