सर्वसाधारणलाई लक्षित गरेको छैन आतंकवादी शिविरहरूमा मात्र प्रहार- भारत

काठमाडौँ । भारतले पाकिस्तानमाथि गरेका आक्रमणहरूलाई सन्तुलित र जिम्मेवार भन्दै बचाउ गरेको छ ।

पाकिस्तानी दाबीको विपरीत भारतले कुनै पनि सर्वसाधारणलाई लक्षित नगरेको र केवल आतंकवादी शिविरहरूमा प्रहार गरिएको जिकिर गरेको छ। दुई देशको तनावका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो आगामी युरोप भ्रमण रद्द गरेको अलजजिराले लेखेको छ । उनले अहिले सुरक्षा सम्बन्धी विषयमा मन्त्रिपरिषद्का वरिष्ठ सदस्यहरूसँग बैठक गरिरहेका छन् ।

भारत-प्रशासित कश्मीरमा अहिलेको स्थितिबारे थप विवरण आएको छ, जहाँ रातभर सीमा पारिबाट भएको गोलीबारीमा केही मानिसको ज्यान गएको छ। सीमा नजिकका गाउँहरूमा बसोबास गर्नेले रातभर कडा गोलाबारी भएको बताएका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *