भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटनाग्रस्त

काठमाडौँ । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनामा पाँच जनाको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । एरोट्रान्स कम्पनीको हेलिकप्टर आज बिहान सहस्त्रधारा हेलिप्याडबाट हर्षिलका लागि उडेको बताइएको छ । हेलिकप्टरमा पाइलट सहित सात जना सवार थिए, जसमध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना घाइते छन् । विमानमा सवार चार जना मुम्बईका र दुई जना आन्ध्र प्रदेशका रहेको बताइएको छ ।

उत्तराखण्डमा हाल चारधाम यात्रा चलिरहेको छ। केदारनाथ, बद्रीनाथ र गंगोत्री-यमुनोत्रीको दर्शन गर्न ठूलो संख्यामा तीर्थयात्रीहरू आइपुगेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *