‘अप्रेशन सिन्दूर’ को नाममा फिल्म बनाउन बलिवुड निर्माताको होडबाजी

काठमाडौँ । पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच अघोषित युद्ध जारी रहेका बेला भारतले पाकिस्तानविरुद्ध गरेको अप्रेशनको नाम ‘अप्रेशन सिन्दूर’ चर्चामा रहेको छ ।

भारतीय सेनाले पहलगाममा आफ्ना पति गुमाएका पहिलाहरुलाई समर्पित गर्दै पाकिस्तानविरुद्धको कारवाहीलाई ‘अप्रेशन सिन्दूर’ नाम दिएको छ । यसैबीच बलिवुडका फिल्म निर्माता र निर्देशकहरुले ‘अप्रेशन सिन्दूर’ को नामबाट सिनेमा बनाउन होडबाजी चलिरहेको छ ।

भारतीय मिडियाहरुका अनुसार अहिलेसम्म विभिन्न राज्यमा पाँच दर्जन ‘अप्रेशन सिन्दूर’ नामका लागि निवेदन दिएको उल्लेख छ । त्यस्तै ‘मिशन पहलगाम’ का लागि पनि कैयौं निवेदन परेको मिडिया रिपोर्टमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *