जनमत पार्टीसँग छिट्टै एकता गर्छौं- अध्यक्ष श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीसँग छिट्टै एकता हुने प्रतिक्रिया दिएकी छन् । 

शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदै अध्यक्ष श्रेष्ठले स्थगित भएको एकता प्रक्रिया छिट्टै टुंगाउने बताएकी हुन् । उनले जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको व्यवस्तताको कारण एकता घोषणाको नयाँ मिति सार्वजनिक नभएको स्पष्टीकरण दिएकी छन् । साथै श्रेष्ठले रेशम चौधरीको गैरकानुनी गिरफ्तारीको बारेमा गृहमन्त्री रमेश लेखकले संसद्मा जवाफ दिइसकेको भन्दै उनले अहिले सरकार छाड्ने र समर्थन फिर्ता नलिने बताएकी छन् ।

यहि बैशाख १७ गते काठमाडौँको प्रज्ञा भवनमा एकताको कार्यक्रम शुरु हुनु अघि रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेपछि एकता प्रकृया रोकिएको थियो । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *