नेपाल र हङकङ चाइनाबीचको खेल रद्ध

काठमाडौँ । आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपाल र हङकङ चाइनाबीचको खेल रद्ध भएको छ ।

बैंककमा आज बिहान हुनुपर्ने खेल बर्षाले हुन नसकेपछि रद्ध भएको हो । अब नेपालले अर्को खेल मे १० मा बहराइनसँग खेल्ने तालिका रहेको छ । त्यस्तै मे १३ मा फेरी हङकङ चाइना र मे १५ मा बहराइनसँग खेल्ने तालिका रहेको छ । आज बिहान सम्पन्न खेलमा थाइल्याण्डले कुवेतलाई ८ विकेटले पराजित गरेको छ ।

कुल ९ देशले भाग लिने यस एशिया छनौटमा नेपाल समुह सी मा रहेको छ । नेपालको समुहमा बहराइन र हङकङ रहेका छन् । एशिया छनौटको समुह ए मा भुटान कुवेत र थाइल्याण्ड रहेका छन् भने समुह बी मा मलेसिया, कतार युएई रहेका छन् ।समुहमा हरेक टिमले एक अर्काविरुद्ध २-२ खेल खेलेपछि समुह बिजेता ३ देशले फाइनल राउण्ड खेल्ने छन् ।

फाइनल राउण्डमा एक अर्काविरुद्ध खेलेपछि शिर्ष दुई देश विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट हुने छन् । एशिया छनौट खेल्न नेपाल क्रिकेट संघ (क्यान) ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको छ ।

नेपाली टिममा इन्दु बर्मा (कप्तान), पुजा महतो (उपकप्तान), रोमा थापा, रुबी पोडार, रुबिना क्षेत्री, कबिता कुँवर, बिन्दु रावल, सबनम राई, कविता जोशी, इश्वरी बिष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमती ऐरी र रिया शर्मा रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *