नेशनल लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अन्त्यसम्म ४० करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले गत आवको सोही अवधिको तुलनामा केही बढी नाफा गरेको हो । नेशनलको खुद प्रिमियम आम्दानी र लगानी तथा कर्जाबाट भएको आम्दानी बढ्दा नाफा बढेको हो । कम्पनीले गत आवको चैत मसान्तसम्म ३८ करोड ८४ लाख रुपैयाँ नाफा गरेको थियो । नेशनलको खुद प्रिमियम आम्दानी १४ अर्ब ७ करोड तथा लगानी तथा कर्जाबाट भएको आम्दानी ४ अर्ब ३३ करोड रहेको छ । यता कम्पनीले आयकरका लागि ६४ करोड ३६ लाख छुट्याएको छ ।

जीवन बिमा कम्पनीको वास्तविक नाफा बिमांकीय मूल्यांकनपछि मात्रै आउनेछ । विशेष गरेर कम्पनीले बिमाकोषको रकम लगानीबाट एकवर्षमा प्राप्त हुने आयको ९० प्रतिशत पोलीसी होल्डरको लागि सोही कोषमा र १० प्रतिशत सेयरधनीको कोषमा जम्मा हुन्छ । यस आधारमा बिमांकीय मूल्यांकनपछि कम्पनीको नाफा बढ्न भएकोले सोही आधार कम्पनीले आयकर तिरेको छ । गत वर्षको चैत मसान्तसम्म नेसनलले ६४ करोड ५ लाख रुपैयाँ आयकर तिरेको थियो । नाफा सामान्य बढ्दा कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ४९ पैसा कायम भएको छ । नेशनलको कुल लगानी ७१ अर्ब ९४ करोड ५९ लाख रुपैयाँ रहेको छ भने कुल बिमा सम्झौता दायित्व ८७ अर्ब ६२ करोड ५४ लाख रुपैयाँ रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *