भट्टको राजीनामा स्वीकृत नभए कांग्रेसले गभर्नरमा पौडेलको नाम प्रस्ताव गर्ने

काठमाडौं । लामो समयदेखि विवादित बनाइएको गभर्नर नियुक्ति प्रक्रियामा नयाँ नयाँ अनुहारको नाम चर्चामा ल्याइएको छ । अहिले पछिल्लो पल्ट नेपाली कांग्रेसका तर्फबाट अर्थशास्त्री विश्व पौडेललाई गभर्नरमा सिफारिस गर्नुपर्ने प्रस्ताव कांग्रेसले गरेको स्रोतले जानकारी दियो । स्रोतले दिएको जानकारीअनुसार शनिबार बालुवाटारमा बसेको कांग्रेस र एमालेका शीर्ष नेताको बैठकमा कामु गभर्नर निलम ढुंगानाले कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत नगरे कांग्रेसले विश्व पौडेललाई पठाउने जानकारी गराएको थियो । पौडेल गभर्नर सिफारिस समितिकै सदस्य हुन् ।

उनलाई समितिबाट राजीनामा दिन लगाएर गभर्नरमै सिफारिस गर्ने कांग्रेसको तयारी रहेको एक पदाधिकारीले जानकारी दिए । उनका अनुसार शनिबार बेलुका यस बारेमा प्रधानमन्त्रीलाई जानकारी गराइएको छ । शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले कांग्रेसले गुणाकर भट्टलाई सिफारिस गरेको भए पनि उनको राजीनामा स्वीकृत नहुँदा र उनलाई राजीनामा स्वीकृत नगरी पठाउँदा प्राविधिक समस्या आउन सक्ने देखिएको बताएका थिए । ओलीजीले गभर्नरमा हामीलाई धोका दिनुहुन्न, देउवाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, सकेसम्म भट्टलाई बनाउने नभए, अर्को व्यक्तिलाई सिफारिस गर्नुपर्छ । कांग्रेसले यसअघि नबिल बैंकका तत्कालीन सीईओ ज्ञानेन्द्र ढुंगानाको नाम सिफारिस गर्नेबारेमा पनि छलफल गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *