चलचित्र ‘जनै हराएको बाहुन’को छायांकन सकियो

काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को छायांकन सकिएको छ ।

निर्माणपक्षले सोमबार ललितपुरको च्यासलस्थित एक पार्टी प्यालेसमा भव्य इन्डक्ल्याप पार्टीको आयोजना गर्दै ३५ दिनमा छायांकन सम्पन्न भएको जानकारी गराएको हो । निर्माणपक्षले उक्त इन्डक्ल्याप पार्टीमा चलचित्रको सम्पूर्ण छायांकन ३५ दिनमा सम्पन्न भएको जानकारी गराएको छ । यो चलचित्र छायांकन काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा भएको निर्माणपक्षले जानकारी दिएको छ ।

“सिनेमा अपेक्षा गरेअनुसार नै राम्रोसँग छायांकन गरिएको छ,” निर्देशक हिमाल न्यौपानेले भने, “अब पोस्ट प्रोडक्सनमा पनि हामी मेहनत गरेर दर्शकलाई राम्रो सिनेमा दिनेछौँ ।” सिनेमालाई हिमाल न्यौपानेको निर्देशन गरेका छन् । निर्देशक न्यौपानेको यो डेव्यु निर्देशन हो । ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राखेको छ ।

चलचित्रको असोसियट निर्देशकमा अभिनेता मनिष राउत छन् । बलियो लाइनअप देखिएको चलचित्रमा अभिनेता विजय बराल, अभिनेत्री केकी अधिकारी र मिरुना, मगर गौरव पहाडी, सुशांक मैनाली लगायतको मुख्य भूमिका छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *