पुराना नेताहरु ‘डेट एक्सपायर’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले आफू जन्मिनुभन्दा अगाडि नै प्रधानमन्त्री भइसकेका नेता अब ‘डेट एक्सपायर’ भइसकेको बताएकी छन् ।
आज (मंगलबार) प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद डाँगीले नयाँ पुस्ताले नयाँ राजनीतिज्ञलाई देख्न चाहेको बताइन् ।
उनले डेट एक्सपायर नेतालाई बिदा दिनुपर्ने र जेनजी पुस्तालाई बुझ्न सक्ने नेता राजनीतिमा आउनुपर्ने बताइन् ।