कुमारी बैंकको अगुवाइमा मर्स्याङ्दी नदी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन
काठमाडौं । कुमारी बैक लिमिटेडको अगुवाइमा ९० मेगावाटको मर्स्याङ्दी अर्धजलाशययुक्त जलविद्युत् आयोजनाका लागि बुधबार लगानी सम्बन्धी सम्झौता भएको छ । एमए पावर प्रालिले उक्त आयोजना गोरखाको पालुङटार नगरपालिका, लमजुङको राइनास नगरपालिका र तनहुँको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा निर्माण गर्नेछ ।
लगानी सम्झौता एमए पावर प्रालिका अध्यक्ष अनुप आचार्य र कुमारी बैंकका प्रमुख व्यवसाय अधिकृत क्षीतिज खड्काको उपस्थितिमा कुमारी बैक, प्रभु बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, सानिमा बैंक, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको १५ अर्ब १८ करोड ७५ लाखको संयुक्त लगानीमा आयोजना निमार्ण हुने गरी ऋण सम्झौता भएको हो । स्वपूँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दीपक बरालको हुनेछ । साथै, डोल्मा इम्प्याक्ट फन्डले पनि कम्पनीमा संस्थापक सेयरको ४९ प्रतिशतसम्म स्वपूँजी लगानी रहने कम्पनीका अध्यक्ष आचार्यले बताए ।