जातीय विभेदको आरोपमा पीएन क्याम्पसका प्राध्यापक डा. शर्मा पदमुक्त

काठमाडौं । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसले जातीय विभेद गरेको आरोप लागेका प्राध्यापक डा. देवीलाल शर्मालाई पदमुक्त गरेको छ।

एमबीए (फाइनान्स) कार्यक्रमअन्तर्गतको अध्ययन भ्रमणका क्रममा विद्यार्थीमाथि अपमानजनक जातीय भाषा प्रयोग गरेको भन्दै उनीमाथि कारबाही गरिएको हो। वैशाख २९ गतेको औद्योगिक अवलोकन भ्रमणका क्रममा शर्माले विद्यार्थी अमन परियारलाई विभेदपूर्ण शब्द प्रयोग गर्दै गाली गरेको आरोप लागेको थियो। घटनापछि दलित विद्यार्थी समाज, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) र तेराइ ल स्टुडेण्ट एशोसियसनले विज्ञप्तिमार्फत तीव्र आपत्ति जनाएका थिए।

दलित विद्यार्थी समाजका अध्यक्ष अमृत बिकले घटनालाई आत्मसम्मानमाथिको चोट भन्दै कारबाहीको माग गरेका थिए। स्ववियु अध्यक्ष विष्णु पोखरेलले पनि जातीय टिप्पणी शैक्षिक वातावरणको अपमान भएको भन्दै तत्काल कदम चाल्न आग्रह गरेका थिए।

घटनालाई गम्भीर रूपमा लिँदै क्याम्पस प्रमुख प्रा .डा हरिप्रसाद पाठकले शर्मालाई विभागीय प्रमुखको जिम्मेवारीबाट हटाइएको पत्र जारी गरेका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *