सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सयले बढेर एक लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस अघि मंगलबार सुन तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *