ग्राहकवर्गले रुचाउँदै सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ‘शुभलक्ष्मी जीवन बीमा’ योजना

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शुभलक्ष्मी जीवन बीमा योजना लोकप्रिय बन्दै गएको छ । यो बीमालेखले न्यून बीमाशुल्कमा बीमाङ्कको तीन गुणासम्म जोखिम बहन गर्ने भएकाले ग्राहकवर्गको रोजाइमा परेको हो । बचत र रक्षावरण दुवैको दृष्टिकोणबाट यो उत्कृष्ट योजना हो । सामान्य स्तरको आय आर्जन र तुलनात्मक रूपमा अधिक जोखिम हुने खालका पेशा अपनाएका व्यक्तिहरूका लागि यो उत्कृष्ट योजना हो ।
योजनाको विशेषता
यस योजनाले न्यून बीमाशुल्कमा बीमाङ्कको तीन गुणासम्म जोखिम बहन गर्दछ । बीमितको प्राकृतिक कारणबाट मृत्यु भएमा बीमाङ्कको २ गुणा र दुर्घटनाको कारणबाट मृत्यु भएमा ३ गुणा रकम हकवालालाई भुक्तानी गरिन्छ । यस्तै विभिन्न १८ वटा घातक रोगमध्ये कुनै पनि एउटा रोगको पहिचान भएमा १० लाख रुपैयाँ बीमाङ्कसम्मको एकमुष्ट भुक्तानी गर्दछ । यसले बीमितलाई उपचारका लागि रकम जुटाउने तनाबबाट मुक्ति दिलाउँछ । कुनै बीमितले १० लाख बीमाङ्क भएको शुभ लक्ष्मी जीवन बीमा योजना खरिद गरे भने बीमा अवधि सकिएपछि १० लाख रुपैयाँसँगै पूरा अवधिभर आर्जित बोनस पनि एकमुष्टमा प्राप्त गर्नेछन् । यदि बीमा अवधि नसकिँदै बीमितको दुर्घटनाका कारण मृत्यु भयो भने हकवालालाई यो पोलिसी अनुसार ३० लाख रुपैयाँ र आर्जित बोनस एकमुष्टमा भुक्तानी गरिन्छ । प्राकृतिक मृत्यु भएका हकमा भने हकवालाले २० लाख रुपैयाँ र आर्जित बोनस एकमुष्टमा पाउनेछन् ।
बीमा योजनाको लागि योग्यता
यो बीमा योजना १८ वर्ष पूरा भएर ६० वर्ष ननाघेका जो कोहीले पनि खरिद गर्न सक्नेछन् । यो बीमा योजनाको अवधि न्यूनतम १० देखि अधिकतम ५२ वर्षसम्मको हुन सक्नेछ । यो योजना अन्तर्गत बीमितले आफ्नो आर्थिक क्षमता अनुसार २५ हजार देखि १० लाख रुपैयाँसम्मको बीमाङ्क रकम रहेको बीमालेख खरिद गर्न सक्नेछन् । १८ वर्षकै उमेरमा यो बीमा योजनाको अधिकतम अवधितर्फको बीमालेख खरिद गर्ने बीमित ७० वर्षको हुँदा उसको बीमा म्याच्युर हुनेछ ।
प्रिमियम तिर्ने तरिका
यो योजनामा प्रिमियम भुक्तानी गर्ने तरिका पनि लचिलो रहेका छन् । बीमितले वार्षिक, अर्धवार्षिक र त्रैमासिक गरी तीन तरिकाले प्रिमियम भुक्तानी गर्न सक्नेछन् । तपाईंले दैनिक एउटा बर्गरको पैसा बचत गरेर आफू निवृत्त हुँदा १० लाख रुपैयाँ र आर्जित बोनस रकम एकमुष्टमा भुक्तानी पाउनुहुनेछ ।
बीमाको लागि सानिमा रिलायन्स नै किन ?
जीवन अनिश्चित भएकाले जीवन बीमा गरी निर्भिक रहेर मात्र नियमित आम्दानीको बाटो पहिल्याउन सकिन्छ । तर जीवनको अनिश्चितताबीच आम्दानी दीर्घकालीन हुन नसक्ने हुँदा जीवन बीमाको माध्यमले आर्थिक सुरक्षा, बचत र उन्नतिको निश्चिन्तता बनाई राख्नु अहिलेको आवश्यकता हो । पारिवारिक र अन्य आर्थिक जिम्मेवारी कुशल र सहज रूपमा वहन गर्न यो योजना फलदायी साबित हुनेछ । सम्पन्न र सुदृढ परिवार निर्माणको चाहना राख्ने सबैले यो बीमालेख खरिद गर्न सक्नेछन् । सानिमा रिलायन्सले नेपालमै उत्कृष्ट जीवन बीमालेखहरू प्रदान गर्दै आएको छ । नेपाली समाजको आवश्यकता पहिचान गरेर फरक र नयाँ किसिमका बीमालेखहरू पस्कन कम्पनी सफल र सक्षम रहेको छ। यो कम्पनी आर्थिक रूपमा सुदृढ र सम्पन्न छ भने पारदर्शिता र सुशासनलाई इन्स्योरेन्सले सधैं मूल मन्त्र मान्दै आएको छ । त्यसकारण सानिमा रिलायन्स लाइफसँग ग्राहकको बीमालेख हरेक प्रकारले सुरक्षित रहेको हुन्छ । देशभर १६९ शाखा सञ्जाल रहेको कम्पनिको पूँजी ५ अर्बभन्दा बढी , २० अर्बभन्दा बढीको लगानी रहेको छ भने २०,००० भन्दा बढी अभिकर्ताहरू कम्पनिमा कार्यरत छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *