बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाका छोरा जोयले अमेरिकी नागरिकता लिए

ढाका । बङ्गलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेद जोयले अमेरिकी पासपोर्ट प्राप्त गरेको बताइएको छ ।

उनले वासिङ्टन डिसीमा अमेरिकी नागरिकताको शपथ लिएको र शनिबार आफ्नो नागरिकता प्रमाणपत्र प्राप्त गरेको बङ्गलादेश प्रतिदिनले रिपोर्ट गरेको छ ।

“सजीब वाजेद जोयले वासिङ्टन डिसीस्थित अमेरिकी नागरिकता केन्द्रमा अमेरिकी नागरिकताको शपथ लिनुभयो र शनिबार आफ्नो नागरिकता प्रमाणपत्र प्राप्त गर्नुभयो । प्रमाणपत्र प्राप्त गरेपछि उहाँले पासपोर्टका लागि पनि आवेदन दिनुभयो”, दैनिक बङ्गलादेश प्रतिदिनले भनेको छ, “विभिन्न देशका कुल २२ व्यक्तिले शपथ ग्रहण समारोहमा भाग लिएका थिए । तीमध्ये जोयसहित तीन जना बङ्गलादेशी मूलका थिए । उहाँले आफूसँगै एकजना वकिल ल्याउनुभयो । तीन बङ्गलादेशीमध्ये जोय दोस्रो हुनुहुन्थ्यो जसले शपथ लिनुभएको थियो ।”

अवामी लिगका नेता एवं पूर्व सूचनाराज्यमन्त्री मुहम्मद अली अराफातले भने, “सजीब वाजेद जोयको बङ्गलादेशी पासपोर्ट, जुन उहाँ यात्रा गर्न प्रयोग गर्नुहुन्थ्यो, युनुसको अवैध सरकारले अवैध रूपमा रद्द गरेको थियो । यस परिस्थितिमा उहाँले अमेरिकी पासपोर्ट प्राप्त गर्नुपर्‍यो ।” अराफातका अनुसार ग्रिन कार्डले व्यक्तिलाई अमेरिका बाहिर यात्रा गर्न अनुमति दिँदैन र सजीब वाजेद जोयलाई अमेरिका बाहिर यात्रा गर्न पासपोर्ट चाहिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *