नेतृत्व फेरिएकै कारण विद्युत आपूर्तिमा समस्या नआएको दाबी

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेतृत्व फेरिएकै कारण विद्युत आपूर्तिमा समस्या नआएको दाबी गरेका छन् ।

संघीय राजधानी काठमाडौं लगायत देशका विभिन्न स्थानमा शुक्रवार अवरुद्ध विद्युत आपूर्तिबारे जानकारी दिन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको मौसमका कारण समस्या आएको स्पष्ट पारेका हुन् । विगतका वर्षहरूमा पनि चैतदेखि जेठसम्म यस प्रकारका समस्या आउने गरेको बताउँदै उनले वर्षा सुरु हुनुअघि केही दिन हावाहुरी र पानीका कारण समस्या आएपनि अन्य समयमा सामान्य हुने बताए । बत्ती जानुमा अहिले अन्य कारण केही नभएको दाबी गरे ।

समस्या आइसकेपछि कराउने नभई समयमै सुधार्नुपर्ने उनको भनाइ छ । समस्याको पहिचान भएको र त्यसलाई सुधार्नेतर्फ आफू लागिपरेको उनको भनाई थियो । प्राविधिक समस्याले विद्युत आपूर्तिमा गडबडी हुँदा लोडसेडिङ नै भयो भनेर हल्ला नफिँजाउन आग्रह गर्दै कार्यकारी प्रमुख शाक्यले समस्या समाधानका लागि आफूले जानेका सबै कुरा गर्ने स्पष्ट पारे ।न र विगतको भन्दा राम्रो गर्नेगरी काम भइरहेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *