नेपाल जारी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत सुपर थ्रीमा

काठमाडौँ । नेपाल थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत सुपर थ्रीमा पुगेको छ ।

समुह सी अन्तर्गत आज हुनुपर्ने बहराइन र हङकङ चाइनाबीचको खेल बर्षाले अवरुद्ध हुदै रद्ध भएपछि नेपाल समुह विजेता हुदै सुपर थ्रीमा पुगेको हो । नेपालको ४ खेलमा ५ अंक रहेको छ भने हङकङ चाइनाको पनि समान अंक रहेको अवस्थामा रनरेटको अधारमा नेपाल अगाडी भएपछि सुपर थ्री मा पुगेको हो ।

समुह ए बाट आयोजक थाइल्याण्ड र समुह बी बाट युएई सुपर थ्रीमा पुगिसकेका छन् । अब नेपालले सुपर थ्रीमा १९ मे मा युएईसँग र मे २० मा थाइल्याण्डसँग खेल्ने छ । अब सुपर थ्रीमा शिर्ष दुई देश विश्वकप छनौटको ग्लोबल क्वालिफायरमा पुग्ने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *