विद्रोहमा जाने अध्यक्ष लिङदेनको चेतावनी

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले विद्रोह गर्ने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै अध्यक्ष लिङदेनले राजसंस्था पक्षका नेताहरुलाई सरकारले निशाना बनाएको भन्दै विद्रोह गर्ने चेतावनी दिएका हुन् । सरकारले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष सुजित केसीलाई साइबर ब्यूरोले पक्राउ गरेको भन्दै उनले सरकारले यसरी निशान बनाउदै गए आफुहरुले विद्रोह गर्ने चेतावनी दिदै केसीको तत्काल रिहाइको माग गरेका छन् ।

लिङदेनले दुई महिनादेखि आस्थाका बन्दीलाई राजसंस्था मान्छु भनेकै आधारमा हिरासतमा राखिएको भन्दै आस्थाकै आधारमा यसरी एक पछि अर्कोलाई अनेक बहानामा पक्राउ गर्दै लाने हो भने आफुहरु विद्रोहमा जाने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *