लक्ष्मी सनराइज बैंक ‘एनपीएस–एनसीएस तथा नेपालपे कार्ड’ मा आबद्ध
काठमाडौं । लक्ष्मी सनराइज बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच ‘एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम नेपालपे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट खुद्रा तथा वित्तीय सेवा प्रमुख दिपेश अमात्य तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । एनसीएचएलले हालै एनपीएस–एनसीएस पूर्वाधार तयारी पूरा भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थालाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे इसुइङ र अक्वायरिङका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक तथा वित्तीय संस्था एनपीएस–एनसीएस र नेपालपे कार्डमा आबद्ध भइरहेका छन् । नेपालपे पूर्वाधारको कमर्सियल रोलआउटपछि लक्ष्मी सनराइज बैंकले ग्राहकका लागि उक्त कार्ड इस्यु तथा अक्वायर गर्न सक्ने छ ।
एनपीएस–एनसीएसलाई विभिन्न कार्ड स्विचबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबार राउटिङ र सेटलमेन्टका लागि एक सेन्ट्रल कार्ड स्विचका रूपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयनपछि डोमेस्टिक कार्ड कारोबार लागत घटाउने, डाटा लोकलाइजेसन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरण विकास तथा प्रवर्द्धन हुने अपेक्षा गरिएको छ । एनसीएचएलले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्था, अधिकांश पीएसओ र पीएसपी र १ सयभन्दा बढी गैरबैंकिङ सदस्यलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ । एनपीएस–एनसीएस र नेपालपे कार्ड कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
नेपालका अग्रणी बैंकमध्यको लक्ष्मी सनराइज बैंकले हाल २ सय ५४ शाखा, २७ विस्तारित काउन्टर तथा ३ सय २९ एटीएम टर्मिनल मार्फत सेवा दिँदै आएको छ ।