दिनेश कार्कीको निर्देशनमा ‘जुनको सितल’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । निर्देशक दिनेश कार्कीको निर्देशनमा तयार भएको ‘जुनको सितल’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

अप्सरा इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक गरिएको यस म्युजिक भिडियोमा अप्सरा पोखरेल र दिपक सिंह साउद को आकर्षक अभिनय देख्न सकिन्छ । गीतमा सुरेन्द्र बराइली र निशा कार्की को सुमधुर स्वर रहेको छ भने संगीत संयोजन बिजय चौधरी ले गरेका हुन् । सुबास लकन्द्रीले छायांकन गरेका उक्त गितको भिडियोमा आकर्षक अभिनय र मनोरम प्राकृतिक दृश्यहरू समेत प्रस्तुत गरिएको छ।

निर्देशक कार्कीका अनुसार, गीतको छायांकन चित्लाङ, मर्खु, र कोहनी झरना आसपास क्षेत्रमा गरिएको हो । गीतले नेपाली मौलिकता र प्रकृतिको सुन्दरतालाई संगीतमार्फत जीवन्त बनाउने प्रयास गरेको छ। सार्वजनिक भएसँगै यस गित र म्युजिक भिडियोले सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाइरहेको छ।

जुनको सितल’ गीतको म्युजिक भिडियो

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *