जगदम्बा मोटर्सले भृकुटीमण्डपमा टिभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एण्ड फाइनान्स मेला घोषणा
काठमाडौं । नेपालमा टिभीएसको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला आयोजना गर्न लागेको छ । यही जेठ ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ । यो विशेष अवसरमा ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टिभीएस सवारी घर लैजान सक्नेछन्, त्यो पनि विभिन्न आकर्षक अफर र रमाइलो मनोरञ्जनसहित । मेला सुरु हुनु अगावै, जेठ ६ गतेसम्म नयाँ टिभीएस सवारीको प्रि–बुकिङ गर्ने ग्राहकले रू। ५ हजार बराबरको उपहार प्राप्त गर्नेछन् । यो सीमित अवधिको अफरले इच्छुक ग्राहकलाई अझ लाभदायक बनाउनेछ । मेला अवधिभर ग्राहकले पुरानो सवारीको न्यूनतम मूल्याङ्कन रू. ३० हजार सम्मको सुनिश्चित प्राप्त गर्नेछन् । ५० भन्दा बढी रीकन्डिसन हाउसको सहभागितासहित मेलामा सबैभन्दा उच्च मूल्याङ्कनको विश्वस्तता दिइनेछ । त्यसका साथै ग्राहकले रू। ८ हजार सम्मको नगद छुट, रू. १० हजारसम्मको थप मूल्याङ्कन पाउनेछन् ।
शून्य प्रतिशत ब्याजदरमा सवारी किन्ने सुविधा पनि उपलब्ध हुनेछ (नियम तथा सर्त लागु हुने) । नयाँ सवारी खरिद गर्ने प्रत्येक ग्राहकले हेल्मेट, झोला, बाइक कभर र रेनकोट निःशुल्क उपहारस्वरूप प्राप्त गर्नेछन् । मेलामा अफरहरू मात्र होइन, रमाइलो अनुभव पनि सुनिश्चित गरिएको छ । आगन्तुकले लाइभ ब्यान्डको प्रस्तुति, स्टन्ट शो, टेस्ट राइड, विभिन्न खेलहरू, एसिहल, सौन्दर्य ब्राण्डको प्रदर्शनी, स्वादिलो खानेकुरा र बालबालिकाका लागि विशेष क्षेत्रको मजा लिन सक्नेछन् । मेलाले सम्पूर्ण परिवारलाई लक्षित गर्दै रमाइलो वातावरण सहित सम्पूर्ण मनोरञ्जन प्रदान गर्नेछ । जगदम्बा मोटर्सले सबै दुईपाङ्ग्रे सवारी प्रेमीहरू र सम्भावित ग्राहकलाई भृकुटीमण्डपमा जेठ ७ देखि १२ सम्म उपस्थित भएर टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेलामा सहभागी हुन अनुरोध गरेको छ । आफ्नो सवारी अद्यावधिक गर्ने, लाभदायक अफरहरू प्राप्त गर्ने र उत्सवको अनुभव लिन नछुटाउनुहोस् ।