शिक्षा विधेयकमा महासंघको असन्तोष

काठमाडौं । संसदीय उपसमितिले पेश गरेको शिक्षा विधेयकसम्बन्धी प्रतिवेदनप्रति शिक्षक महासंघले कडा आपत्ति जनाएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले प्रतिवेदनले शिक्षकमाथि विभेद गरेको आरोप लगाउँदै यसअघि भएका सबै सहमति र आन्दोलनको मर्म बेवास्ता गरिएको बताएका छन्। “चन्द्रमामा दिएको घडेरीजस्तै खोक्रो आश्वासन मात्र दिइयो, अब दह्रो लडाइँ लड्नुको विकल्प छैन,” सुवेदीको भनाइ छ। उनका अनुसार उपसमितिको प्रतिवेदन हालको विधेयकभन्दा समेत अनुदार देखिएको छ।

साथै उनले सबैलाई अन्याय गर्न खोजिएको दाबी गर्दै भनेका छन्, ‘२०७५, २०७८ र २०८० मा भएका सबै सहमतिलाई लत्याइयो । भर्खरै भएको २०८१/०८२ को आन्दोलनलाई पनि बिर्सिएको देखियो । अब झन् दह्रो लडाईं लड्नुको विकल्प छैन ।’

महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले पनि केही प्रावधानहरू २०२८ सालको ऐनभन्दा पनि पछाडि धकेल्ने खालका रहेको बताइन्। “शिक्षकलाई दास बनाएर शासन गर्न खोजिएको छ,” उनले टिप्पणी गरिन्। महासंघले विधेयकमा संशोधन नगरे कडा आन्दोलनमा जानुको विकल्प नरहेको चेतावनी समेत दिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *