दिउँसै रात पार्ने पापीलाई जनआन्दोलन गरेर नहटाउने हो भने देश डुब्नेछ- महावीर पुन

काठमाडौँ । महावीर पुनले दिउँसै रात पार्ने पापीलाई जनआन्दोलन गरेर नहटाउने हो भने देश डुब्ने बताएका छन् ।

आज (बुधबार) सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै उनले उर्जामन्त्री दिपक खडकालाई हटाउनु पर्ने धारणा राखेका हुन् । उनले अब उर्जामन्त्रीलाई हटाउने अन्तिम उपाए नै बृहत जनआन्दोलन भएको बताएका छन् । उनले भनेका छन्- ‘ त्यस्तो दृष्ट व्यक्तिलाई हटाउने कांग्रेस पार्टीले अथवा प्रधानमन्त्रीले हो । तर उनीहरुले हटाउने छाँटकाँट देखिएन। बृहत जनआन्दोलन अन्तिम उपाय देखियो ।’ उनले भने ।

उनले सामाजिक सञ्जालमा के लेखे ?

ऊर्जामन्त्री जस्तो दिउँसै रात पार्ने पापीलाई संयुक्त बृहत जनआन्दोलन गरेर नहटाउने हो भने देश डुब्नेछ। त्यस्तो दृष्ट व्यक्तिलाई हटाउने कांग्रेस पार्टीले अथवा प्रधानमन्त्रीले हो। तर उनीहरुले हटाउने छाँटकाँट देखिएन। बृहत जनआन्दोलन अन्तिम उपाय देखियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *