नेप्सेमा ७.९४ अंकको गिरावट
काठमाडौँ । नेप्से परिसूचक आज ७.९४ अंकले घटेको छ ।
आज नेप्से २६६९.५१ विन्दुमा कायम भएको छ । आजको कारोबारमा विभिन्न ३१६ कम्पनीका २ करोड ३० लाख २६ हजार २४५ कित्ता शेयर १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार ६८० मा किनबेच भएको नेप्सेले जनाएको छ । आज ओम मञ्जुश्री फार्मास्युटिकल लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ भने सिन्धु विकास बैंकको मुल्य ५.११ प्रतिशतले बढेको छ ।
त्यस्तै स्वेट गंगा हाइड्रोको शेयर मूल्य ८.३२ प्रतिशतले घटेको छ भने मातृभूमि लघुवित्तको शेयर मूल्य ६.२० प्रतिशतले घटेको छ ।