प्रचण्डले दिए बाबुरामलाई बुद्धि नभएको डाक्टरको संज्ञा
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराईलाई बुद्धि नभएको डाक्टरको संज्ञा दिएका छन् ।
माओवादी केन्द्रको जागरण अभियानको क्रममा रुकुम पूर्व पुगेका प्रचण्डले पत्रकारहरुसँग बाबुराम भट्टराईबारे टिप्पणी गर्दै उनलाई बुद्धि नभएको डाक्टरको संज्ञा दिएका हुन् । पत्रकारहरुले बाबुरामसँगको एकताको बारेमा सोधेको प्रश्नको जवाफ दिदै प्रचण्डले भने, ‘गोरखाबाट लड्दा यो चुनाव मात्रै होइन, पार्टी पनि एउटै बनाउने भनिएको थियो । तर उहाँ पछि कम्युनिस्टको नाम सुन्न चाहनुभएन, कम्युनिस्ट पार्टीको नाम राख्ने हो भने म एकता गर्दिनँ भनेपछि के गर्ने, बाबुरामका लागि मर्ने ? कम्युनिस्ट पार्टी नभन्ने, माक्र्सवाद नभन्ने रे त्यस्तोसँग के गरी एकता गर्ने ?
खिइँदाखिइँदै अब त पूरै प्रतिक्रियावादीसँग गएर मिल्नुभएको छ । प्रतिक्रियावादीले पनि पत्याउँदैनन् आजभोलि । हाँसोको पात्र भएका छन् बाबुराम देशभरि। कस्तो बुद्धि नभएको डाक्टर ।’ उनले भने ।