चलचित्र ‘नरसिंहा’ आजबाट देशभर प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘नरसिंहा’ आजबाट देशभर प्रदर्शनमा आएको छ । 

निर्देशक दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार गरिएको यो चलचित्रले नेपाली चलचित्र उद्योगमा नयाँ ऊर्जा भर्ने अपेक्षा गरिएको छ । चलचित्रमा महानायक राजेश हमाल, आशा पौडेल, सनिषा भट्टराई, समाइरा थापा, अमित गिरी, प्रभु श्रेष्ठ, दीपा शाही, प्रशान्त ताम्राकार, अर्जुन श्रेष्ठ, उषा खड्गी, नीति शाह, राज कटुवाल, नीर शाह र सरोज खनाल लगायतका कलाकारहरूको अभिनय रहेको छ । राजुविक्रम थापाको छायाँकन रहेको चलचित्रमा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी समावेश गरिएको छ । चन्द्र पन्तले द्वन्द्व निर्देशन गरेको चलचित्रमा मिलन श्रेष्ठ र साहिल खानको सम्पादन रहेको छ ।

नरसिंहा सामाजिक, पारिवारिक र न्यायको पक्षमा आधारित कथामा निर्माण गरिएको चलचित्र हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *