बाराको जीतपुरमा कजारियाको नयाँ शोरूम
भारतको टायल कम्पनी कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै बाराको जीतपुरमा अत्याधुनिक शोरूम उद्घाटन गरेको छ । हिमाल ट्रेडिङ्ग द्वारा सञ्चालित यस शोरूमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ । उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका पूर्व मन्त्री कृष्णकुमार श्रेष्ठको उपस्थिति रहेको थियो । साथै, कजारिया रमेश टाइल्स लिमिटेडका सेल्स प्रतिनिधिहरुको उपस्थिति थियो । बारा जिल्लाको महत्वपूर्ण क्षेत्र जीतपुरमा रहेको यो नयाँ सोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्दछ, जसले ग्राहकहरूलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्दछ ।
यसको विस्तारसँगै, कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिसनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै छ । मियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यो शोरुमको शुभारम्भ कजारियाको लागि महत्वपूर्ण उपलब्धि हो । काजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ । विश्वस्तरीय मापदण्डअनुसार तयार गरि अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ३ हजार भन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दछ ।