रास्वपा को केन्द्रीय समिति बैठक र निर्णय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिती बैठकले ‘प्रतिशोधविरुद्ध न्यायका लागि वृहत अभियान’ को अवधारणा पत्र अनुमोदन गरेको छ ।
केन्द्रीय समिति बैठकले यस अभियानको संयोजकमा सहकोषाध्यक्ष दीपक बोहरालाई तोकेको छ । साथै रास्वपाले सभापति रवि लामिछाने सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले सर्वोच्चबाटै स्थापित नजिरहरुको नजरअन्दाज गरी थुनामै राख्नुपर्ने आदेश दिइनु विधिको शासनप्रति आस्था राख्ने नागरिकहरुका लागि चिन्ताको विषय बनेको समेत उल्लेख अग्रेको छ ।
रास्वपाले रवि लामिछानेले संगठित अपराध गरेको नभई राज्यले नै लामिछानेमाथि संगठित अपराध गरिरहेको अभिमत आम जनतामा गड्दै गएको निष्कर्ष निकालेको छ । त्यस्तै रास्वपाले गृहमन्त्री र उनको सचिवालय नै ‘भिजिट भिसा’ मार्फत् मानव तस्करीमा संलग्न रहेको कुरा सार्वजनिक भई पार्टीले यसअघि नै ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’ भन्ने दृष्टान्त अनुरुप “यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउन माग गरेको” सम्बन्धमा सदनमा यसको कार्यान्वयनका लागि आवश्यक प्रभावकारी कदम चाल्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ ।