गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु पूर्वाग्रह

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु पूर्वाग्रह भएको बताएका छन्।

आज (मंगलबार) संसद भवन बाहिर पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। ‘एउटा कर्मचारीमाथि निष्पक्ष छानबिन हुन दिनु पर्दछ । गल्ती भए जुनसुकै लेभलको मान्छे पनि कारबाहीको दायरामा आउनु पर्दछ। तर, कसैमाथि अनुसन्धान गर्दैमा गृहमन्त्रीलाई नै राजीनामा दिनुपर्छ भन्नु पूर्वाग्रह हुन्छ। ज–जसलाई उजुरी पर्दै जान्छ मन्त्रीहरूले राजीनामा दिँदै जाने ?,’ उनले भने ।

गृहमन्त्री लेखकको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसहित रास्वपा, एकीकृत समाजवादीलगायतका दलहरूले संसद् चल्न दिएका छैनन्। यसअघि बसेको बैठक पनि यी दलहरूको अवरोधकै कारण स्थगित भएको थियो। अहिले सभामुख देवराज घिमिरेले यी दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *