युवा संघको अध्यक्षमा थेबे विजयी

काठमाडौं । नेकपा (एमाले)को भ्रातृसंगठन राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे १८८ मतान्तरले विजयी भएका छन् । थेबे ७९६ मतसहित निर्वाचित हुँदा अध्यक्षका अर्का दाबेदार सुमन पुरीले ६०८ मत ल्याए ।

औपचारिक नतिजा घोषणा भने हुन बाँकी छ । कुल एक हजार ७६४ मत थियो । त्यसमध्ये एक हजार ४०४ मत खसेको थियो । मंगलबार (जेठ १३) बिहान १० बजेदेखि ४५ विद्युतीय मेसिनबाट मतदान गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *