जेठ १५ गरेको जनप्रदर्शन ‘ऐतिहासिक’

काठमाडौं । राजावादीहरुले गणतन्त्र दिवसको दिन अथवा हिजो जेठ १५ गरेको जनप्रदर्शन तथा आन्दोलनलाई ‘ऐतिहासिक’बनेको ठहर गरेको छ ।

साथै, हिजो भएको शान्तिपूर्ण आन्दोलनपछि राजावादीहरु हिजोको आन्दोलनलाई लिएर विभिन्न प्रतिकृयाहरु दिइरहेका छन् । त्यसैविचमा नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको ‘काठमाडौं कब्जा गर्ने’ भनिएको अभिव्यक्तिलाई लिएर उनिहरुले उक्त अभिव्यक्तिले हावा खाएको टिप्पणी समेत गरेका छन् । राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापना तथा संघीयता खारेजीको एजेन्डासहित संयुक्त जनआन्दोलन समितिको संयोजना र राप्रपाको अगुवाइमा जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलन सुरू गरेको हो ।

यो आन्दोलन माग पूरा नभएसम्म सडकबाट नहट्ने राजावादी घटकहरुले बताएका छन् । हिजोको आन्दोलन शान्तिपुर्ण भएसँगै आजको प्रदर्शन माइतीघर–बिजुलीबजारमा केन्द्रित गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *