राजावादी समुहले दोस्रो दिन पनि काठमाडौँमा गरे प्रदर्शन

काठमाडौं । हिन्दु राजतन्त्रको पुनःस्थापना र राजाको माग गर्दै जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन सुरु गरेका राजावादी दल र समूहले दोस्रो दिन पनि काठमाडौंको सडकमा प्रदर्शन गरेका छन् ।

हिजो विहिबार अथात् पहिलो दिन रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका उनीहरूले दोस्रो दिन माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म राजतन्त्रको पक्षमा नाराबाजी र प्रदर्शन गरेका हुन् । उक्त प्रर्दशनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका नेताहरूको उपस्थिति रहेको थियो । प्रदर्शनमा सहभागीहरूले छाता ओढेर सडकमा उभिएदै विभिन्न नाराहरु लगाएका थिए ।

प्रदर्शनका कारण काठमाडौंको माइतीघर, नयाँ बानेश्वरलगायत क्षेत्रमा सवारी आवागमनमा अवरोध भएको छ । राजावादी समूहले यस आन्दोलनलाई निरन्तरता दिने र माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *