उत्तम श्रेष्ठ (शिशिर) को निर्देशनमा ‘बाबु जी’ सार्वजनिक

काठमाडौँ । निर्देशक उत्तम श्रेष्ठ (शिशिर) को निर्देशनमा नेपाली साङ्गीतिक क्षेत्रमा नयाँ गीतको म्युजिक भिडियो ‘बाबु जी’ सार्वजनिक भएको छ ।

अन्नु चौधरीको आवाजमा सजिएको गीतमा श्री कृष्ण निरौला र आराध्या लक्ष्मी खड्गीको अभिनय देख्न सकिन्छ । उक्त म्युजिक भिडियोको गीतको शब्द तथा सङ्गीत उत्तम भण्डारीले तयार पारेका हुन् । त्यसैगरी सङ्गीत संयोजन र मिक्सिङ/ मास्टरिङ बबुल गिरीले गरेका हुन् । 

निर्देशक उत्तम श्रेष्ठ (सिसिर) ले निर्देशन गरेको यस गीतको म्युजिक भिडियोलाई विशाल थापा र उनको टोलीले छायाङ्कन गरेको हो भने भिडियोको नृत्य निर्देशन विशाल कैनीले गरेका हुन् । भिडियो निर्माणमा प्रोडक्सन म्यानेजर राजु श्रेष्ठको रहेको छ भने पोस्ट प्रोडक्सन शेखर फिल्म्सले गरेको हो।

गीतको म्युजिक भिडियो ‘बाबु जी’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *