राजावादीहरूले आज काठमाडौंको सिफल चौरमा प्रदर्शन गरे
काठमाडौं । राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत राजावादीहरूले आज काठमाडौंको सिफल चौरमा प्रदर्शन गरेका छन् ।
जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्ड भएको स्मृतिमा शोक मनाउन भन्दै प्रदर्शन नगरेका राजावादीहरूले आज भने प्रदर्शन गरेका छन् । उनीहरूले सोमबार विरोध प्रदर्शन गरेका थिएनन् ।
राजावादीहरूले गणतन्त्र घोषणा भएको दिन जेठ १५ गतेदेखि उपत्यकाको विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् ।