गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने प्रतिपक्षी दलको अडान कायमै
काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडानमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आफ्नो अडान कायमै राखेको छ ।
माओवादीले अडान नछाडेपछि सभामुख देवराज घिमिरेले बोलाएको बैठक निष्कर्षविहीन भएको छ । सभामुख घिमिरेले संसद बैठक सहज रुपमा सञ्चालनको वातावरण बनाउने प्रयासमा सत्तापक्ष र प्रतिपक्ष दलका प्रमुखरमुख्य सचेतकहरुसँग आज छलफल गरेका थिए । छलफलमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरण सुशासनसँग जोडिएकाले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने आफूहरुको अडान कायमै रहेको बताए ।
बैठकपछि माओवादीका प्रमुख सचेतक पाण्डेले सदन सञ्चालनको वातावरण बनाउन गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने बताए ।