नेदरल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आईसीसी एक दिवसीय विश्वकप लिग-२ अन्तर्गतको सिरिजमा नेदरल्याण्डसविरुद्ध खेल्दै छ ।

स्कटल्याण्डको डुनडीमा हुने यो खेलमा नेदरल्याण्डसले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । नेपाल र नेदरल्याण्डसले अहिलेसम्म ५ एकदिवसीय खेल खेलेका छन् । जसमा नेपालले २ खेल जितेको छ भने नेदरल्याण्डसले ३ खेल जितेको छ । यस सिरिजमा नेपालले पहिलो खेलमा स्कटल्याण्डविरुद्ध एक विकेटको रोमाञ्चक जित हासिल गर्दै विजयी शुरुवात गरेको छ ।

स्कटल्याण्डसहित नेपाल र नेदरल्याण्डसले यो सिरिज खेल्दैछन् । यो सिरिज जुन १० सम्म हुने छ । लिग-२ सिरिजपछि नेपालले ती देशहरूसँग टी-२०आई सिरिज खेल्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *