ललितपुरमा बाटो चौडा बनाउने क्रममा पोलले लागेर एक जनाको मृत्यु

काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–१४ मा बाटो चौडा गर्ने क्रममा बिजुलीको पोल ढलेर एक जनाको मृत्यु भएको छ । ठैबबाट सानागाउँ जाने बाटो बनाउँदा जेसीबीले पोल उठाउँदा सो पोलले लागेर ५८ वर्षीय रमेश खड्गीको मृत्यु भएको हो । सो विरोधमा स्थानीयले टायर बालेर ठैब क्षेत्रमा प्रदर्शन गरेका छन् । सातदोबाटोबाट गोदावरी जाने बाटो स्थानीयले अवरुद्ध गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले बताए । ‘जेसिबीका चालकलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउँछौँ ।’ मृतक रमेश खड्गी ठैबका स्थानीय हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *