‘संयुक्त जनआन्दोलन समिति’को बैठक बस्दै
काठमाडौं । राजसंस्था र हिन्दुराज्य पुनर्थापनाको मागसहित आन्दोलन गर्दै आएको ‘संयुक्त जनआन्दोलन समिति’को बैठक बस्दैछ । समितिका संयोजक नवराज सुवेदीले आज दिउँसो २ बजे नवदूर्गा पार्टी प्यालेस सुकेधारामा बस्नेगरी बैठक बोलाएका हुन् ।
बैठकमा संयुक्त जनआन्दोलन समितिमा आबद्ध ४४ राजनीतिक दल, राजावादी समूह र अभियानका प्रतिनिधि सहभागी हुनेछन् । सुवेदीका अनुसार बैठकले एक हप्ता लामो पहिलो चरणको आन्दोलनको समीक्षा र नयाँ रणनीति बनाउने छ । समितिले जेठ १५ गतेबाट पहिलो चरणको एक हप्ता लामो राजसंस्था र सनातन हिन्दु अधिराज्यको माग गर्दै आन्दोलन गरेको थियो ।