गरिमा क्यापिटलमार्फत डिम्याट र मेरोसेयर नवीकरण असार मसान्तसम्म गर्न सकिने
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले डिम्याट तथा मेरोसेयर खाताको नवीकरण आगामि असार मसान्तसम्म गर्न सकिने छ । कम्पनीले असार मसान्तसम्मको नवीकरण नगरे खाता ‘फ्रिज’ हुने जानकारी दिएको छ। क्यापिटलका अनुसार डिम्याट खाता नवीकरण शुल्क वार्षिक १०० रुपैयाँ र मेरोसेयर खाता नवीकरण शुल्क ५० रुपैयाँ रहेको छ ।
इच्छुक ग्राहकले गरिमा क्यापिटलको कार्यालय, शाखा वा निकटतम शाखारहित वित्तीय सेवा केन्द्रमा गई वा इ–सेवा, खल्ती, आईएमई पे, प्रभु पे, कनिक्ट आईपीएस लगायत डिजिटल माध्यममार्फत पनि शुल्क भुक्तानी गर्न सक्नेछन् । त्यस्तै, कम्पनीले पोर्टफोलियो म्यानेजमेन्ट सेवा अन्तर्गत व्यवस्थापन शुल्क र प्रदर्शन शुल्क पनि असार मसान्तभित्र बुझाउन अनुरोध गरेको छ । गरिमा क्यापिटलले लगानीकर्तालाई समयमै नवीकरण गरी सेवा निरन्तरतामा अवरोध नहुने सुनिश्चित गर्न अनुरोध गरेको छ ।