सिमराकी डीएसपी शुभद्रा वाइवा हेडक्वार्टर तानिइन्
काठमाडौँ । बारास्थित इलाका प्रहरी कार्यालयमा कार्यरत डीएसपी सुभद्रा वाइबालाई प्रहरी प्रधान कार्यालय नक्साल तानिएको छ । उनलाई प्रहरी प्रधान कार्यालय तानेर हेडक्वार्टरने छानविन थालेको हो । सिमरामा डीएसपी वेद जोशीलाई पठाइएको छ ।
६ महिनाअघि सिमरा गएकी वाइबाले जितपुर सिमरा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत (सहसचिव) शान्तिराज प्रसाईंसँग विवाद गरेकी थिइन् । तेलको कुपनको विषयमा उनीहरूको बिचमा विवाद भएको प्रहरी प्रधान कार्यालयका अधिकृतहरू बताउँछन् ।
उनले आफ्नो निर्दोषिता प्रमाणित गरेमा पुनः जिम्मेवारीमा फर्काइने प्रहरी स्रोतले जनायो ।