राष्ट्रिय वाणिज्य बैंकको १० नयाँ स्थानमा शाखा विस्तार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशका विभिन्न १० स्थानमा नयाँ शाखा विस्तार गरी कारोबारको शुभारम्भ गरेको छ । नयाँ शाखाहरू धनुषाको नगराईन, स्याङ्जाको बयरघारी, कञ्चनपुरको झलारी, कैलालीको टिकापुर र सुख्खड, काठमाडौंको कपन, रुपन्देहीको सैनामैना, दाङको देउखुरी, गोरखाको पालुङटार र सर्लाहीको हरिवनमा सञ्चालनमा आएका छन् । यससँगै बैंकका शाखा संख्या ३०७ पुगेको छ । राष्ट्रिय वाणिज्य बैंकले सातै प्रदेश र ७७ वटै जिल्लामा आफ्नो उपस्थिति कायम गरेको छ । हाल बैंकसँग ३०७ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम तथा ७३ वटा एक्स्टेन्सन काउन्टर सञ्चालनमा रहेका छन् । बैंकले पहुँच विस्तारसँगै वित्तीय समावेशीकरणलाई बल पुर्याउँदै सेवा सहज, सरल र सुलभ बनाउने उद्देश्य लिएको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *