चण्डेश्वरी साकोसको ३६ औ स्थापना दिवसमा रक्तदान
काभ्रे । चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको ३६ औँ स्थापना दिवसको अवसरमा ब्लड डोनर्स एशोसियशन नेपाल र संस्थाको महिला बिकास उप समितिको संयोजनमा तथा नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाको प्रविधिक सहयोगमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । खुल्ला रक्तदानमा ३६ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । संस्थाका अध्यक्ष नबिनभक्त बादेले संस्थाको वार्षिक कार्यक्रम अनुसार उक्त रक्तदानको आयोजना गरिएको बताए ।

सामाजिक उत्तरदायित्व अन्र्तगत संस्थाले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बादेले बताए । जेष्ठ नागरीक सम्मान, तिर्थाटन, विभिन्न स्वास्थ्य शिबिर लगाएतका कार्यक्रमहरु गर्दै आएको बादेले बताए । कार्यक्रममा संस्थाका लेखा संयोजक रामप्रसाद श्रेष्ठ, कोषाध्यक्ष गणेशकुमार रंजित, सल्लाहकार बिकास बादे, हेमन्त राज प्रधान, कार्यक्रम संयोजक मनोहरी पोटे लगायतको उपस्थिती रहेको थियो ।